काठमाडौं, सा उन २०, २०८१ः
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रूपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर हरु संगको भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गरेका हुन्।
‘क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रङ्गशाला निर्माणलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने विश्वास लिएका छौँ,’ प्रधानमन्त्री ओलीले भने।
मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि मैदानलाई तीन सय दिनमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो। सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफल मै छन्।