चितवनमा फोहोर व्यवस्थापन र वातावरण सम्बन्धी बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

चितवन, २० साउन, २०८१ः

चितवनमा फोहोर व्यवस्थापन, वातावरण सेनिटेसन सम्बन्धी तेस्रो बासस्थान नवप्रवर्द्धन (ह्याबिट्याट इनोभेसन कन्क्ेलभ २०२४) सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा भदौ ३१ देखि असोज १ गतेसम्म चितवनको रामपुरमा सम्मेलन हुन लागेको हो ।

आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा फोहोरलाई सेग्रीगेट गरी यसबाट ऊर्जा उत्पादन, खाद्य सुरक्षाको प्रवर्द्धन र वातावरण संरक्षणसँग एकीकृत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिएका छन। नेपाल फोहोरमा आधारित उद्यमशीलतामा अगाडि बढ्नुपर्ने धारणा सहित सम्मेलनको आयोजना गर्न लागिएको सम्मेलनका संयोजक एवं पूर्वमन्त्री गणेश शाहले जानकारी दिनुभयो । कन्क्लेभमा चितवनका पालिका प्रमुखलाई पनि सहभागी गराई समस्या र चुनौती विषयमा छलफल गरिने र समाधानका उपाय खोजिने शाहले बताउनु भयो । उहाले भन्नु भयो,‘अहिले देशभरका नगर प्रमुखहरूलाई फोहोर व्यवस्थापन टाउको दुखाईको विषय बनेको छ । फोहोरलाई डम्पिङ्ग भन्दा पनि कसरी यसलाई मोहरमा परिणत गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा कन्क्लेभ केन्द्रित रहनेछ । ’

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा वातावरण, दिशाजन्य फोहोर व्यवस्थापन र खाद्य सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गरिने भएको छ । सम्मेलनमा भर्चुअल मार्फत समेत विशेषज्ञले आफ्नो प्रस्तुति राख्नेछन् ।

यस सम्मेलनले चुनौतीहरूको पहिचान र समाधान गर्न विद्यार्थीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने उहाँले बताउनु भयो । कार्यक्रममा प्राज्ञ, नीति निर्माता, लगानी कर्ता, केन्द्रीय र स्थानीय सरकारी निकाय, गैरसरकारी संस्था, कृषि तथा वन विश्वविद्यालय, रामपुर र काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सरसफाई प्रविधिमा विशेषता भएका व्यक्तिहरूको उपस्थिति रहने छ ।

कृषि विश्व विद्यालयका उपकुलपति डा. पुण्य रेग्मीले यस बिषयसंँग सम्बन्धि विज्ञ, जानकार, नीति निर्माताको सहभागितामा हुने कन्क्लेभमा दुई विश्वविद्यालयको सहकार्यले थप निकास निस्कने बताउनु भयो ।

यस्तै सम्मेलनमा प्यालन छलफल, प्राविधिकहरूको सत्र, नगरपालिका प्रमुखहरुले फोहर व्यवस्थापनमा झेलिरहेका समस्या, स्नातकोत्तर विद्यार्थीहरूका प्रस्तुति, रोजगारी मेला र भर्ना, नेटवर्किङ, प्रदर्शनी, सरकारी निकायको प्यानल जस्ता विषयहरू प्रस्तुत गरिने । यसले खाद्य सुरक्षा, सरसफाई र वातावरण व्यवस्थापनमा रहेका चुनौतीहरूको समाधान गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ । कार्यक्रममा नेदरल्याण्डको ग्लोबल ग्राजुयट स्कुल (जीएसजीएस) तथा अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरूको पनि सहकार्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!