‍जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १ फागुन ।

प्रधानमन्त्री एब नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ गते मनाइने जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढिलै भए पनि जनयुद्ध दिवस वैधानिक तवरबाट स्थापित भएको बताए।

‘वैधानिक तवरबाट स्थापित गरिनुपर्थ्यो, ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन बिदा दिने निर्णय गरियो’। ‘यो निर्णय आफैंमा ऐतिहासिक हो। परिवर्तनन ल्याउने प्रमुख आन्दोलन र औचित्य सिद्ध गर्नुका निम्ति ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको मन्त्रिपरिषदबाट यो निर्णय गरेको हुँ। अब यो माओवादीको मात्र भएन, नेपाल राष्ट्रकै सम्पती बन्न पुग्यो।’ प्रचण्डले भन्नु भयो।

‍जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको उनले बताए। जनयुद्ध नेकपा (माओवादी) ले नेतृत्व गरेको भए पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस भएको उनले दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!