मध्यपुर थिमि, फागुन १, २०७९ः
महान जनयुद्द दिबसको उपलक्ष्यमा वाईसिय नेपाल भक्तपुरले बृहत अरनिको राजमार्ग सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति तथा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा वाईसियल नेपालका ईन्चार्ज राम प्रसाद सापकोटा दिपशिखा्को नेतृत्वमा सरसफाई कार्यक्र्म सम्पन्न भएको हो।
मध्यपुर थिमिको कौशलटारमा भेला भएर शुरु गरिएको राजमार्ग सरसफाई अभियानमा नेकपा माओबादी केन्द्रका नेताहरु, प्रदेश सभासदहरु, पुर्ब सभासदहरु, वाईसियल नेपालका केन्द्रिय तहका नेताहरु, निर्वाचित जनप्रतिनिधिहरुका साथै युवाहरु तथा बिद्यार्थीहरुको ब्यापक सहभागिता रहेको थियो।
सरसफाई कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सल्लाहकार शिबहरी खनाल,केन्द्रिय सदस्य प्रतिमा श्रेष्ठ, बैकल्पिक केन्द्रिय सदस्य उमा कपाली, बागमित प्रदेश सभा सदस्य भावना श्रेष्ठ, ्पार्टिका जिल्ला संयोजक सुनिल गोठे, मध्यपुर थिमि नगर पालिकाका उप प्रमुख बिजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वाईसियल नेपालका केन्द्रिय अध्यक्ष सुबोग शेर्पाली, बरिस्ठ उपाध्यक्ष कसम गुरुङ, महासचिब गणेश शाही, बागमति प्रदेश इन्चा्र्ज ललित श्रेष्ठ, सह इन्चार्ज दिनेश थपलिया, केन्द्रिय सदस्य राजु कुटु लगायतको सक्रिय सहभागिता रहेको थियो।
सरसफाई कार्यक्रममा हनुमन्ते नदी सफाई अभियान, नेप्सेम्याक्स, नेपाल फुलबारी संस्था, पातन्जल योग समितिका अभियन्ताहरु, सामुदायिक प्रहरि, नेपाल रेडक्रस, बालकोट शाखाको पनि सक्रिय सहभागिता रहेको छ।
कार्यक्रममा फोहोर व्यवस्थापन सम्बधी चेतनामूलक माइकिङ्ग गरिनुका साथै यात्रुबाहक बसहरुबाट जथाभावी फोहोर नफाल्न र ट्राफिक नियम पालना गर्नु पर्ने संदेश दिने खालको स्टिकर टास्ने काम समेत भएको थियो।
सरसफाई अभियन्ता समेत रहेका वाइसिएल ्नेपालका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज नरेश रंजितले स्थानीय र स्थानीय सरकार संग समन्वय गरी बस पकेटलाई सफा, सुन्दर र हरियाली बनाइने योजना्को बारेमा कार्यक्रममा जानकारी गराए ।
