मन्त्री पद नपाउँदा कांग्रेसका प्रमुख सचेतकले दिए राजीनामा

काठमाडौं, साउन २५, २०८१ः

लुम्बिनी प्रदेश सभाका नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्।

तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताए। ‘मैले प्रमुख सचेतक नियुक्त हुँदा पनि धेरै समय दिन भ्याउँदिन भनेको थिएँ, त्यसैले राजीनामा दिएको हुँ,’ उनले भने।

तिमिल्सिनाले कार्यव्यस्तताको कारण राजीनामा दिएको भने पनि उनी निकट स्रोतले भने मन्त्री पद नपाउँदाको असन्तुष्टिका कारण राजीनामा दिएको बताउँछ।

तिमिल्सेनाले गत साउन २१ गते नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष राजीनामा दिएका थिए। उनले प्रमुख सचेतकले पाउने गाडी सुविधा पनि २१ गते नै प्रदेश सभामा बुझाइसकेका थिए।

तर चौधरीले प्रदेश सभालाई जानकारी नगराएकाले यो विषय ढिलो मात्र सार्वजनिक भएको हो।

चौधरीले तिमिल्सिनालाई फागुन १३, २०७९ मा प्रमुख सचेतक नियुक्त गरेका थिए। बर्दिया २ (१) बाट निर्वाचित तिमिल्सिना कांग्रेसभित्र संस्थापन पक्षका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!