काठमाडौं, साउन २५, २०८१ः
काठमाडौं महानगरपालिकाको नजिक सडक भासिएको छ।
सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ। महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो।
यो सडकले दरबारमार्गलाई जोड्छ। टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडक भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ।
तस्बिर सौजन्यः राजाराम तण्डुकार