नेपाल रेडक्रस सोसाईटी मध्यपुर थिमि उपशाखा्द्वारा बृक्षारोपण : करिब ६५ बिरुवाहरु रोपिए

मध्यपुर थिमि, सा उन २९, २०८१ः

नेपाल रेडक्रस सोसाईटी मध्यपुर थिमि उपशाखा्ले आफ्नो २७ ओैं स्थापना दिवसकाे अवसरमा बृक्षाराेपण कार्यक्रमको आयोजना गरेको छ। उपशाखा्ले स्थानिय विष्णुवीर वन (दुनेगः) क्षेत्रमा बृक्षाराेपण गरेकाे हो। कपुर, अम्बा, धुपि, पारिजात, कल्की लगायतका करिब ६५ बटा बिरुवाहरु रोपिएको उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले जानकारी दिनु भयो।

बालकुमारी विष्णुवीर वन उपभाेक्ता समितिका अध्यक्ष तथा समाजसेवी कृष्णलाल गाेजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वन उपभाेक्ता समितिका सचिव देवकी श्रेष्ठ, रेडक्रस उपशाखाका सचिव जीवन श्रेष्ठ, लायन्स क्लब अफ मध्यपुर थिमि शंखधरका अध्यक्ष श्रीराम श्रेष्ठ लगायत उपशाखाका पदाधिकारीहरू्का साथै सल्लाहकार भुवनचरण श्रेष्ठ लगायत सदस्यहरू उपस्थित रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!