मध्यपुर थिमि, साउन २९, २०८१ः
मध्यपुर थिमि -५ ताहाननीबाट प्रदर्शन हुने यस बर्षको थिमि भैलः २०८१ को लागि ब्यबसायी हिरा काजी महर्जनले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गर्नु भएको छ। दक्षिणबाराही ईट्टा उद्योगका संचालक समेत रहनु भएका महर्जनले आफ्नो उद्योगको सामाजिक उतरदायित्व अन्तर्गत आफुले आर्थिक सहयोग गरेको बताउनु भयो।
करिब २१ वर्ष पश्चात मध्यपुर थिमि नगरपालिका वडा नं ५ बाट आयोजना गर्न लागेको यस वर्षको थिमि भैल: ताहनानी २०८१ ब्यबस्थित रुपमा संचालन गर्नमा थोरै भए पनि सहयोग होस भनेर आफुले स्वस्फूर्त रुपमा सहयोग गरेको महर्जनले बताए।
