पशुपंक्षी औषधि व्यवसायी संघको माग प्रति उद्योग वाणिज्य महासंघ सकारात्मक

सरकारको सम्बन्धित निकायमा महासंघले लबिङ गर्ने

काठमाडौं, २०८१ साउन २९ः

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघले आफ्नो संघमा आवद्ध व्यवसायीहरूले व्यवसाय नविकरणमा भोग्नु परेका समस्या समाधानमा सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघलाई आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकाल समक्ष नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष रितेश रिमालको नेतृत्वको प्रतिनिधिमण्डलले आज महासंघ सचिवालयमा भेटी समस्या समाधानमा सहयोग गर्न आग्रह गरेको हो ।

औषधि व्यवस्था विभागले पशुपंक्षी औषधि व्यवसायमा लागेका व्यवसायीहरुले अनिवार्यरूपमा पशु औषधि व्यवसायी मान्यता प्रमाणपत्र उतिर्ण भएको प्रमाणपत्र पेश गरे पश्चात मात्र व्यवसाय नविकरण गर्ने प्रावधान ल्याएपछि व्यवसायीहरू समस्यामा परेका हुन । यसअघि औषधि व्यवस्था विभाग र पशुसेवा विभागको संयुक्त आयोजनामा ३५ दिने पशु औषधि व्यवसायी तालीम दिई परिक्षा लिने गरिएको र सो परिक्षा उतिर्ण गरेका व्यवसायीलाई व्यवसायी मान्यता प्रमाणपत्र उपलव्ध गराउंदै आएको थियो ।

तर विगतमा जस्तै २ वर्ष अगाडि देखि पशुऔषधि व्यवसायी तालीम लिई बसेका तालीम प्राप्त व्यक्तिहरुलाई औषधि व्यवस्था विभागद्वारा पशुपन्छी औषधि व्यवसायी मान्यता परिक्षामा परिक्षा दिएका ३५३ जना मध्ये जम्मा ४३ जना मात्र उतिर्ण भएका र अनुतिर्ण सबै ब्यबसायी बर्षौ देखि व्यवसाय संचालन गरिरहेका व्यवसायी भएकाले उक्त परिक्षा नै विभेदपुर्ण रहेको व्यवसायीहरुले गुनासो गरेको छ ।

महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषद्का सभापति ढकालसंग प्रतिनिधिमण्डले नेपाल पशुपंछी औषधि व्यवसायी संघको सहभागितामा सम्बन्धित क्षेत्रको विशेषज्ञको समेत संलग्नतामा पुनः उत्तरपुस्तिका जांचको व्यवस्था गरिनुपर्ने र हाल व्यवसाय गरी रहेका सबै व्यवसायीलाई अनुभवका आधारमा स्वतः लाइसन्स नविकरण गरिनुपर्ने संघको मागमा सरकारको सम्बन्धित निकायमा लवीङ गरिदिन संघले आग्रह गरेको छ।

सो अवसरमा महासंघको वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पशुपंछी व्यवसायी संघले राखेका मागहरु जायज रहेकाले यस विषयमा नेपाल सरकारका सम्बन्धित निकायका विभागिय प्रमुखहरुलाई भेटेर समस्या समाधानमा पहल गर्ने विश्वास दिलाउनु भयो ।

सो भेटवार्तामा महासंघको स्वास्थ्य तथा विपत व्यवस्थापन समितिका सभापति भक्त बहादुर हमाल, कार्यकारिणी समितिका सदस्यहरू रविन पुरी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, समितिका पदाधिकारी र संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!