माओवादी स्थायी समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकियो, प्रचण्डले बिहीबार जवाफ दिने

काठमाडौं, साउन २९, २०८१ः

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म चलेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्तावमाथि २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुख लगायतले आ–आफ्नो धारणा राखेका थिए।

नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बैठक बिहीबार सकिने सचिव गणेश साहले जानकारी दिए। बुधबार संसदमा टीआरसीसम्बन्धी छलफलमा नेताहरू व्यस्त रहने भएकाले बैठक बिहीबार ११ बजे बोलाइएको साहले बताए।

‘नेताहरूले बोल्ने क्रम सकिएको छ। उठेका प्रश्नको जवाफ दिएपछि बैठक बिहीबार सकिनेछ। बुधबार संसद्मा टीआरसी विधेयक सम्बन्धमा छलफल गर्नुपर्ने भएकाले बैठक बिहीबार राखिएको हो,’ साहले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!