ललितपुर, फागुन २, २०७९ः
नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघले पशु सेवा बिभागका महानिर्देशक समक्ष ६ बुँदे मागपत्र पेश गरेको छ।
संघको नव निर्वाचित कार्यसमितिका अध्यक्ष रेवतिरमण निराैलाको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू तथा नेपाल पशुपन्छी औषधि ब्यबसायी संघका पधादिकारीहरू सहितकाे प्रतिनिधिमण्डलले विभागका महानिर्दशक सम्झनाकुमारी काफ्ले संग उहाँकै कार्यकक्षमा भेटी उक्त मागपत्र पेश गरेको थियो।
संघका महासचिव नरेश कर्माचार्यले मागपत्र प्रस्तुत गर्दै पशुपन्छी औषधि व्यवसायीहरूले लामो समयदेखि निरन्तररुपमा उठाउँदै आएका र विभागसंग विभिन्न समयमा छलफल गरी माइन्यूट समेत गरिएका धेरैजसो समस्याहरु समाधान हुनुको सट्टा ज्यूँ का त्यूँ रहनु वास्तवमै दुःखद पक्ष भएकाे बताउँदै व्यवसायीहरुलाई सहज ढंगबाट व्यवसाय सञ्चालनमा सहयोग गरि देशको राजश्व वृध्दि, रोजगारीको सिर्जना, पशुवस्तुको सहज औषधोपचार तथा औषधिको सहज उपलब्धताको सुनिश्चिततामा महानिर्देशकको यस कार्यकालमा विशेष पहल कदमी हुने अपेक्षा रहेकाे बताउनु भयो।
आयात सिफारिसमा हालको पटके परिपाटी अन्त्य गरी सिफारिसको समयाबधि कम्तिमा २ बर्ष हुनु पर्ने,, सिफारिसमा परिमाण उल्लेख नहुनु पर्ने, स्वास्थ प्रमाणपत्रले गुणस्तर प्रत्याभुत हुन नसकेकोले यसको अनिबार्यता हटाऊनु पर्ने माग संघले आफ्नो मागपत्रमा उल्लेख गरिएको छ।


अति आबश्यक औषधिहरुको अभाब हुन नदिन बिभागबाट पहिला निर्बाध रुपमा सिफारिस दिदै आएको अति आबश्यक हर्बल टोनिकहरु, डाईजेशन इन्हान्सर, इसेन्सियल आयल बेस उत्पादनहरु, नेफ्रोटोनिक, एन्टी गाउट औषधिहरुको सिफारिस पुन दिन माग गरेको छ।
बिभिन्न बहानामा सिफारिस दिन रोकिएका औषधिहरुको सम्बन्धित निकायले रोक्ने गरि पत्राचार गरेको हकमा अन्य हुन सक्ने गरि हाललाई सिफारिस दिनु पर्ने माग संघको रहेको छ।
संघका सचिब रत्न कुमार बडालले आफुहरुले पेश गरेको माग पत्रको उचित सम्बोधन हुने आशा ब्यक्त गर्दै अप्ठेरोमा परेको ब्यबसाय र ब्यबसायी दुबैको हित हुने गरी महानिर्देशकले उचित कदम चालिने बिश्वास ब्यक्त गर्नु भयो।
नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघ नेपाल भरी छरिएर रहेका पशुपन्छी औषधि तथा पुरक तत्व पैठारीकर्ताहरुको ब्याबसायिक हकहितको लागि बि स २०६३ सालमा स्थापना भएको संस्था हो। हालसम्म संघमा करिब ५ दर्जन भन्दा बदी पैठारीकर्ताहरु आबद्द भैसकेका छन।
हालै सम्पन्न संघको सोहौ बार्षिक साधारण सभा तथा चौथौ अधिबेशनमा रेवति रमण निरौलाकोअध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएको थियो।