चैतमा आठौं संस्करणको उर्जा सम्मेलन हुंदै, प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने

काठमांडौ, फागुन ३, २०७९ः

चैत १४ र १५ मा काठमांडौमा आठौ संस्करणको पावर समिट –२०२३ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अगुवाइमा दुई दिन उर्जा सम्मेलन हुन लागेको हो।

हरित ऊर्जा बजार विस्तारीकरण भन्ने मूल नाराका साथ काठमाडौँको हायात रिजेन्सीमा आयोजना हुने पावर समिटको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बताइएको छ ।

उर्जा सम्मेलनमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरू,पावर ट्रेडिङ कम्पनीहरू, बिद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण वितरण कम्पनी, परामर्शदाता कम्पनीहरू, बिक्रेतालगायत सरोकारवाला निकाय गरी आठ सय हाराहारीमा सहभागिता रहनेछ ।

पावर समिटमा नेपालको विद्युतको बजार,प्रसारण पूर्वाधार,जलविद्युतको माग, प्रविधि र नवप्रवर्धन, सोलार हाइड्रोजन,नियामक निकाय,अन्तरदेशीय विद्युत व्यापार,दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्नेसहित विभिन्न सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।

सन् २००६ मा पहिलो पटक काठमाडौंमा भएको ऊर्जा सम्मेलनले विद्युत उत्पादनमा ठूलो योगदान गरेको थियो। त्यस यता इप्पानले निरन्तर ऊर्जा सम्मेलन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!