विजूक्छें निवासमा रामचन्द्र पौडेल र बिजुक्छे बिच भेटबार्ता

भक्तपुर, फागुन ४, २०७९ः

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजूक्छें बिच भेटबार्ता भएको छ।

नेता पौडेल आज साझ बिजुक्छे निवास भक्तपुर पुग्नु भएको हो। भेटका अबसरमा दुइ नेता बिच करिब २ घण्टा बार्ता भएको थियो। आसन्न राष्ट्रपति निर्वाचन र समसामयिक राजनैतिक घटनाक्रमको बारेमा दुई नेता बिच छलफल भएको बिजुक्छे स्रोतले जनाएको छ।

भेटका अबसरमा नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थ पनि उपस्थित हुनु हुन्थ्यो।

PC: Sanjib Dulal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!