एमाले एक्लै निर्वाचन लड्छः बाम गठबन्धनको संभावना छैन

काठमाडौं , भाद्र १९, २०८१ः

नेकपा एमालेको पोलिटब्युरो बैठकले बाम गठबन्धनको संभावना नरहेको निश्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा दुई दिन बसेको बैठकले तत्काल कुनै वाम गठबन्धनको सम्भावना नरहेको बामपन्थीदलहरुको मोर्चा नबन्ने स्पष्ट पारेको हो ।

‘वामपन्थी दलको नाममा तत्काल कुनै मोर्चा बन्दैन। त्यसको सम्भावना पनि छैन।’ बैठकले तत्काल कुनै मोर्चा बन्ने विषयलाई अस्वीकार गरेको छ ।’ पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको निष्कर्ष सुनाउँदै भन्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा पनि सुधार देखिएको र जनतामा नयाँ आशा जागृत भएको बताउनुहुँदै सरकारका कामकारवाही र समसामयीक विषयमा धारणा राख्नु भएको थियो ।

बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा एमालेले आफ्नै नीति तथा कार्यक्रमको आधारमा एक्लै चुनाव लडने तर कसैको बैशाखी नटेक्दैन धारणा राख्नु भएको नेता गौतमले बताउनु भयो ।

आवश्यक्ताका आधारमा संविधान संशोधन अघि बढाउने तयारी सरकारको रहेको समेत प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!