काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित पलेशा सम्मानित

काठमाडौँ, भदौ १९, २०८१ः

पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको छ ।

पारा ओलम्पिकमा सहभागिता जनाएर बुधबार बिहान नेपाल फर्कनु भएकी पलेशालाई महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो । महानगरले पलेशाको प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपियाँबाट सम्मान गरेको छ ।

पलेशा र प्रशिक्षकलाई महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसीलगायतले सम्मान गर्नुभयो । पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्नुहुँदै कांस्य पदक जित्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!