भक्तपुरमा रहेको मिरा बायोटेक लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौं, भाद्र १९, २०८१ः
रत्न काजि प्रजापति

मिरा बायोटेक लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्नको लागि कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा. विनोद साहले हस्ताक्षर गरेका छन।

दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राईभेटबाट पब्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । कम्पनीले २० प्रतिशत सेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको हो।

कम्पनीका सिईओ सुशिल पौडेलका अनुसार कम्पनीले हाल करिब २ दर्जन ब्राण्डका औषधी उत्पादन गरिरहेको तथा भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको छ।

 

हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्तापुँजी बृद्धि गर्दैछ । पुँजीबृद्धिपछी यस कम्पनीले आईपिओ निष्काशन गर्ने भएको हो ।

भक्तपुरका चागुनारायणमा आफ्नै जग्गा र भवनमा मिरा बायोटेकको अत्याधुनिक प्लान्ट स्थापना गरिएको छ । यसले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ ।

ईयूबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया (डब्लुएचओ जीएमपी( प्लान्ट डिजाइन, उत्पादन, र जीएमपी अनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । इयूबी सँगको आबद्धताले गर्दा, मीराले आफ्नो उत्पादनका अधिकांश उपकरणहरु दक्षिण कोरियाबाट खरिद गरेको छ । यो कम्पनि २०७९ कार्तिक देखि संचालनमा आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!