एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन

काठमाडौं, भाद्र १९, २०८१ः

एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिले निर्देशन दिएको छ।

बुधबार बसकोे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि खेलबाड प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए।

बैठकले विद्यार्थीहरुलाई विश्वासमा लिएर त्रुटि सच्याउन शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। साथै तत्काल छानबिन समिति गठन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न पनि भनेको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!