काठमाडौं, २१ भाद्र २०८१ः
काठमाडौंको नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ। आगलागी नियन्रणमा लिइएको छ।
शोरुममा शुक्रबार लागेको आगलागी दमकलको सहायतामा नियन्रणमा लिइएको प्रहरी वृत्त मालिगाउँले जानकारी दिएको छ। आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ।
आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।