काठमाडौं, भाद्र २१, २०८१ः
काठमाडौंका स्थानीय युवाहरुले बि.सं. २०४७ सालमा गठन गरेको साँगितिक समुह “द स्ट्रेन्जर्स” ले आफ्नो नयाँ श्रृजना आफ्नो श्रोता दर्शक माझ प्रस्तुत गर्ने भएका छन् ।
यस वर्षको इन्द्रजात्रा पर्वको अवसरमा “द स्ट्रेन्जर्स” ले नेपाल भाषाको गित प्रस्तुत गर्न लागेको हो । इन्द्रजात्राको दिन नै सार्वजनिक गर्ने योजनामा रहेको उक्त गितको प्रोमो केही दिन मात्र अगाडि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
इन्द्रजात्रामा मनाइने साँस्कृतिक परम्परा र सोही अवसरमा युवायुवती विचको गाँसिएको मायाप्रितिमा केन्द्रित रहेको उक्त गितको रचना रुमन जोशी र “द स्ट्रेन्जर्स” ले संयुक्त रुपमा तयार पारेका हुन् भने गीतको संगित संयोजन “द स्ट्रेन्जर्स” तथा उत्सव शाक्यको रहेको छ ।
“द स्ट्रेन्जर्स” साँगितिक समुहको “तर्कि तर्कि नहिंड कान्छी…”, “उषाको लाली…” “, “मायाले मार्यो…”, “चिसो चिसो…”, “रामकुमारी…” लगायतका थुप्रै चर्चित गितहरु रहेका छन् भने 3 वटा साँगितिक एल्बम रहेको निकालेको छ ।