भक्तपुर, भाद्र २२, २०८१ः
शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा चरम भ्रष्टाचार भएको भन्दै शनिबार बिरोध र्याली निकालेको छ। भक्तपुर नगरबासीहरुलाई त्यसबारे जानकारी दिन बाजा बजाएर र्याली निकालिएको हो।
केन्द्रमा भइरहेको विकृतिविरुद्ध ध्यानाकर्षणका लागि भन्दै बाजागाजाका साथ नगर परिक्रमा गरिएको आयोजकहरुले बताएको छ। दूधपाटीबाट सुरु भएको रयाली नगर परिक्रमा गरी दूधपाटीमै पुगेर टुंगिएको थियो ।
नागरिक सरोकार समाजको अगुवाईमा कार्यक्रम भएको थियो ।
