भरतपुर, २२ भाद्र २०८१ः
शिब बराल
चितवन उद्योग संघको बरिष्ठ उपाध्यक्षमा मदन घिमिरे चयन हुनु भएको छ।
संघको विधानको दफा ३४.२ बमोजिम संघको ३२ औं साधारणसभाबाट निर्वाचित ६ जना उपाध्यक्षहरुबाट गभर्निङ काउन्सिलले करिब १ बर्ष सम्म गरेको कार्यसम्पादनका आधारमा मदन घिमिरे लाई बरिष्ठ उपाध्यक्षमा चयन गर्न सिफारिस गरेको थियो। सोहि अनुरुप संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले १७ औं कार्यसमितिको विशेष बैठकमा मदन घिमिरेलाई बरिष्ठ उपाध्यक्षमा चयन गर्नु भएको हो।

गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले बरिष्ठ उपाध्यक्षमा रहँदा संघको मर्म र भावना अनुरुप संघको हितानुकुल कार्य गरी संघको उचाईलाई कायम राख्न घिमिरेलाई अनुरोघ गर्नुभयो ।
पदभार ग्रहण गर्दै बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले संघको गरिमा र उचाईलाई कायम राख्न आफू हरतरहले लागि पर्ने बताउनुभयो । उहाले आफुले अझै धेरै कामहरु गर्न बाँकी रहेको हुँदा सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । काम गर्ने सिलसिलामा आफूले संघको आँच आउने कुनैपनि कार्य गरेमा आफू त्यसको भागीदार हुने समेत बताउनुभयो ।