कांग्रेसका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी कारागार चलान

दाङ, भाद्र २३, २०८१ः

लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी) अदालतमा पुगेर आत्मसपर्मण गरेका छन्। रुकुम पूर्व जिल्ला अदालत पुगेर केसीले आइतबार दिउँसो आत्मसमर्पण गरेका हुन्। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफै अदालतमा उपस्थित भएको जानकारी दिए।

रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधव खरेलले प्रदेश सांसद केसीलाई अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार चलान गरिएको बताए। ‘उहाँ अदालतमा उपस्थित भएपछि अदालतले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरको छ,’ खरेलले भने।

३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो।

गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको क्षेत्र नं १ (१) बाट निर्वाचित भएका थिए। राजनीतिमा लाग्नुपूर्व उनी अवैध मार्ग हुँदै मानिस अमेरिका पठाउने काममा सक्रिय रहेको आरोप थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!