काठमाडौं , भाद्र २३, २०८१ः
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन चीन प्रस्थान गरेका छन् ।
पुन आइतबार मध्याह्न १२ बजे स्वास्थ्य परिक्षणको लागि चीन प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । स्वास्थ्य जाँच गरेर उनि ३/४ दिनमा फर्किने सचिवालयले जनाएको छ ।
पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । नेपालमा उपचार नभएपछि पुन तीन वर्षअघि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल पुगेका थिए । त्यहाँबाट थप उपचारका लागि पुनलाई चीन लगिएको थियो । लामो समयको उपचारपछि उनी स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किएका थिए । उनी नियमित चेक जाँचका लागि बेला बेला चीन जाने गरेका छन् ।