काठमाडौं, भाद्र २३, २०८१ः
सर्वोच्च अदालतले हालै गरेको उपत्यकाका खोलाहरुको नया मापदण्ड सम्बन्धि फैसलाको बारेमा पुनराबलोकन लागि पहल गरिदिन नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्ला कमितिले पार्टी अध्यक्षी एब पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेका छन।
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्लाका ईन्चार्ज क. दिलिप कुमार प्रजापति भिष्मको नेतृत्वमा आइतबार पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित एक समारोहमा उपत्यकाका तिनै जिल्लाका नेतृत्व सहितको टोलीले अध्यक्षलाई ६ बुदे अनुरोध पत्र पेश गरेको थियो।
“काठमाडौँ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गा.वि.स.हरूमा निर्माणसम्बन्धी मापदण्ड २०६४” का आधारमा खोला किनारामा निर्माण गर्ने सम्बन्धमा बागमती, विष्णुमति र मनोहरा खोलाको हकमा २० मिटर, धोबी खोलाको हकमा धोबीखोला आयोजना भएको स्थानमा धोबीखोला प्रोजेक्ट प्लानिङ अनुसारको दूरी र प्लानिङ बाहेकका स्थानमा ९ मिटर, नख्खु खोलाको हकमा १२ मिटर, बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलाको हकमा १० मिटर, करखुसी खोलाको हकमा ६ मिटर, टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलाको हकमा ४ मिटर (कुनै पनि खोला, खोल्छी र राजकुलो छोप्न पाइने छैन) र हनुमन्ते खोला बग्ने क्षेत्रमा नगरोन्मुख गा.वि.स.हरूमा समेत खोलाको किनारबाट २० मिटर छाडी निर्माण गर्न पाइने व्यवस्था छ । मिति २०८० पुस ३ गतेको सर्वोच्च अदालतको फैसलामा यो व्यवस्था सम्बन्धी “निर्णय कुन वैज्ञानिक तथ्यको आधारमा गरिएको हो सो कुरा उक्त निर्णयबाट खुल्दैन” भनी सो निर्णयको वैज्ञानिकतामाथि प्रश्न उठाइएको छ भने कुनै नयाँ अध्ययन, अनुसन्धान र वैज्ञानिक तथ्यबिना मिति २०७६-०४-२० मा सम्मानित सर्वोच्च अदालतबाटै मापदण्डमा उल्लेखित दूरीमा थप २० मिटर छोड्नुपर्ने गरी दिइएको आदेशलाई मुद्दाको फैसलामार्फत वाध्यात्मक व्यवस्थाको रूपमा लागु गर्न खोजिएको छ ।” अनुरोध पत्रमा उल्लेख गरिएको छ।
सो अबसरमा अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपत्यकामा नदी किनाराको जग्गा सम्बन्धी मापदण्डका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताऊदै जनतालाई अन्यायमा पर्न नदिने आश्वस्त पार्दै सरकारसंग यस विषयमा गम्भीरतापूर्वक कुरा राख्ने प्रतिवद्धता ब्यक्त गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, राजकाजी महर्जन, प्रतिमा श्रेष्ठ, उमा कपाली, काठमाडौं जिल्ला उन्चार्ज सूर्य सुबेदी, ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल र मध्यपुर थिमी नगरपालिका उपप्रमुख समेत रहेका माओवादी केन्द्रका मध्यपुर नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठ समेतको सो अबसरमा उपस्थिति रहेको थियो ।
अनुरोध पत्रः



PC: bijay krishna shrestha