भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ आयोजना हुदै

भक्तपुर , भाद्र २४, २०८१ः

भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धनको निम्ति भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । नेपालीहरुको महान पर्व विजय दशमीको पावन अवसरमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्टको व्यवस्थापनमा मेला आयोजना हुन लागेको हो ।

मेनेजमेण्ट प्रा.लि. को व्यवस्थापनमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा २०८१ आश्विन ९ गतेदेखि १९ गतेसम्मा ११ दिन सम्म मेला हुन लागेको हो ।

भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउदै यहाँका स्थानीय उत्पादनहरु लगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुर्याउने उद्देश्य महोत्सवको रहेको आयोजकले जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनका आयोजक भक्तपुर चेम्वर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठले भक्तपुर जिल्ला ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवं पर्यटकिय स्थानहरुले भरिभराउ क्षेत्र भएको शिक्षा, स्वास्थ्य, यातायात र व्यवस्थित बस्ती विकासमा भक्तपुर जिल्ला क्रमश अगाडि बढदै गरेको बताए । यस जिल्ला राजधानी उपत्यकाको एक प्रमुख व्यवसायिक केन्द्रको रुपमा विकसित भएको छ, उनले सम्मेलनमा भने । यस अर्थमा यस क्षेत्रका उत्पादनहरुको बजारीकरण र यहाँको व्यवसायिक सम्भावनाहरुको उजागर गर्नमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको छ, उनले भने ।

सम्मेलनमा मेला संयोजक माधवप्रसाद प्रजापतिले महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलग अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको जनाए । औद्योगिक उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्धमा सामिप्यता अभिवृद्धि गराउने र लगानीकर्तालाई नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पुर्याउने उनले बताए ।

महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, विउविजन तया मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तया निर्माण सामाग्री, बैंक तथा वित्तिय संस्था, अटोमोवाइल्स् लगायत रोजगार बाता निकायका गरी १५० भन्दा बढी स्टलहरु रहने छन् ।

महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, डागन रेल, नाउ, बोटिङ, बाटर बल्ब, मिकि माउस, ट्रैम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!