नेपाल भेटेरिनरी एसोसियसनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्नः करिब ४० बिज्ञहरु सहभागी

भरतपुर, चितवन, भाद्र २४, २०८१ः
शिब प्रसाद बराल

नेपाल भेटेरिनरी एसोसियसनको आयोजनामा पोल्ट्र्री ब्यबसायमा जैबिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सघ संगको समन्वयमा आयोजित “कुखुराको मूल्य शृङ्खलामा बायोसेक्युरिटी बढाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम” (An Interaction Program on Enhancing Biosecurity Across the Poultry Value Chain) मा आयोजक नेपाल भेटेरिनरी एसोसियसनका केन्द्रिय उपाध्यक्ष अशेष भट्टराईले बायोसेक्युरिटी सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

उक्त कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष रघुनाथ भट्ट, नेपाल हयाचरी उद्योग सघका केन्द्रिय महासचिव ज्ञानवहादुर बिसुराल तथा नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सघका अध्यक्ष महेश्वर पोखरेलबाट पोल्ट्री व्यवसायीहरुको बर्तमान अवस्था्का बारेमा महत्वपुर्ण मन्तव्य राखेका थिए।

कार्यक्रममा एफएओ को टिम लिडर डा. सुरेन्द्र कार्कीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो।

पोल्ट्री ब्यबसायीहरुको उत्साहजनक सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. चेतनाथ खरेल, नेपाल भेटेरिनरी एसोसियसन केन्द्रिय समितिका निवर्तमान अध्यक्ष डा. सितलकाजी श्रेष्ठ, केन्द्रिय महासचिव डा. केदार सुवेदी , बाग्मती प्रदेश समितिका अध्यक्ष डा. दिपक तिवारी लगायत केन्द्रिय समिति र बाग्मती प्रदेशका पदाधिकारी सदस्यहरु लगायत एफएओ, युएसआइडि, कृषि तथा बन बिज्ञान विश्व बिधालयका प्राध्यापकहरुको बिशेष सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!