अनशन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पक्राउ

विराटनगर, २५ भाद्र २०८१ः

१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका माग राखेर अनशन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका कार्कीलाई प्रहरी मङ्गलबार साँझ पक्राउ गरेको हो। निषेधित क्षेत्रमा अनशन बसेका कारण पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

यसअघि पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले हटाउन खोजेपछि उनका समर्थक र प्रहरीबीच झडप भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!