विराटनगर, २६ भाद्र २०८१ः
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैसम्म सबै किसानहरुले दूधको भुक्तानी पाउने गरि व्यवस्था मिलाउन लागेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले दशै सम्म दूधको भुक्तानी पाउनुपर्छ भन्ने पक्षमा आफु रहेको भन्नुहुँदै डिडिसिले भुक्तानी गर्नुपर्ने १ अर्ब २० करोड रुपैयाँ किसानलाई चाडै पाउने बताउनुभयो ।
मन्त्री अधिकारीले निजी क्षेत्रबाट खोलिएको डेरी उद्योग तथा डिडिसिको गरी सबै किसानलाई लगभग चार अर्ब रुपैयाँ भुक्तानी गर्नु वाकी रहेको जानकारी दिनुहुँदै निजी डेरी उद्योगहरूले पनि किसानको रकम चाडै भुक्तानी गर्नुपर्ने बताउनुभयो ।
निजी डेरी उद्योगले किसानले पाउनुपर्ने रकम यति लामो समय राख्दा किसानहरू मार्कामा परेको उहाँको भनाई थियो । किसानले दूधको उचित मूल्य पाउनुपर्ने पक्षमा आफु रहेको उहाँको भनाई थियो ।