सप्लायर्सहरु बिच एकता, हार्दिकता, सहकार्य र समन्वय हुनु पर्ने: बरिष्ठ उपाध्यक्ष लामिछाने

नारायणघाट, भाद्र २७, २०८१:

शिव प्रसाद बराल

नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समन्वय समितिले नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको १३ औ साधारणसभा तथा छैठौ अधिवेशनवाट निर्वाचित कार्यसमितिलाई स्वागत, बधाई तथा शुभकामना दिने कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले व्यवसायिक एकता, समग्र पोल्ट्री व्यवसायको अवस्था, चल्ला, अण्डा, दाना, कुखुरा उत्पादक र ति बस्तुहरु उपभोक्ता सम्म पुरयाउन पुलको भुमिका खेल्ने सप्लायर्सहरु बिच एकता, हार्दिकता, सहकार्य र समन्वय हुनु पर्नेमा जोड दिनु भयो।

उहाले चल्लाको बजार अवस्थाको विश्लेषण गर्दा मूल्यका बारेमा छलफल गर्दा नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका प्रतिनिधिलाई समेत आमान्त्रण गर्ने विषयमा छलफल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

कार्यक्रममा समितिका संयोजक ज्ञानवहादुर बिसुरालले नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्दै व्यवसायिक एकता, समन्वय र सहकार्यवाट नै समग्र पेशा व्यवसायको हित हुने धारणा राख्नु भयो।

नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका निवर्तमान अध्यक्ष मनोज रानाभाटले सप्लायर्स व्यवसायीहरुको अवस्थाका बारेमा जानकारी गराउदै व्यवसायिक एकता र सदभाव कायम राख्न यस्ता कार्यक्रमहरु प्रेरयादायी हुने विचार राख्दै चल्लाको बजार अवस्थाका बारेमा छलफल गर्दा यस संघका प्रतिनिधिलाई पनि सहभागि गराउन आग्रह गर्नु भयो ।

त्यसै गरि कार्यक्रममा नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेलले सप्लायर्स व्यवसायीहरुको भूमिका, हाल सम्म गर्दै आएको कार्य, पेशा व्यवसायलाई मर्यादित गराउन हुनुपर्ने एकता, सहकार्य र समन्वयका बारेमा जोड दिदै मन्तव्य राख्नु भयो ।

उक्त कार्यक्रमको संचालन कार्यकारी अधिकृत शिवप्रसाद बरालले गर्नु भएको यियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!