काठमाडौं , २६ भाद्र २०८१ः
“द स्ट्रेन्जर्स” ले नेपाल भाषाको गित “इन्द्रजात्रा” आफ्नो आधिकारिक युट्युब मार्फत आज सार्वजनिक गरेको छ।
बि.सं. २०४७ सालमा काठमाडौंका स्थानीय युवाहरुले गठन गरेको साँगितिक समुह “द स्ट्रेन्जर्स” ले लामो समयपछि आफ्नो नयाँ श्रृजना आफ्नो श्रोता दर्शक माझ प्रस्तुत गरेको हो। यस वर्षको इन्द्रजात्रा पर्वको अवसरमा “द स्ट्रेन्जर्स” ले नेपाल भाषाको गित “इन्द्रजात्रा” आफ्नो आधिकारिक युट्युब मार्फत आज सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको भिडियोमा इन्द्रजात्राको अवसरमा प्रस्तुत हुने विभिन्न ऐतिहासिक साँस्कृतिक परम्पराहरु लाखे नाच, पुलु किसि, सवभकु, दागीं लगायतका दृष्यहरु समेटिएका छन् भने जिवित देवी कुमारीको रथ यात्रा लगायतका इन्द्रजात्राका अन्य साँस्कृतिक महत्वका परम्पराहरु समेटिएका छन्। म्युजिक भिडियोमा चिरायु शाक्यले छायांकन गरिएका दृष्यहरु प्रयोग भएका छन् भने भिडियोको सम्पादन सचिन चिमोरियाले गरेका छन् ।
नेपाल भाषाको उक्त गितको बोल विशेषत: इन्द्रजात्रामा मनाइने साँस्कृतिक परम्परा र सोही अवसरमा युवायुवती विचको गाँसिएको मायापिरतीमा केन्द्रित रहेको छ । उक्त गितको रचना रुमन जोशी र “द स्ट्रेन्जर्स” ले संयुक्त रुपमा तयार पारेका हुन् भने गीतको संगित संयोजन “द स्ट्रेन्जर्स” तथा उत्सव शाक्यको रहेको छ । “द स्ट्रेन्जर्स” साँगितिक समुहको “तर्कि तर्कि नहिंड कान्छी…”, “उषाको लाली…” “, “मायाले मार्यो…”, “चिसो चिसो…”, “रामकुमारी…” लगायतका थुप्रै चर्चित गितहरु रहेका छन् भने 3 वटा साँगितिक एल्बम रहेको निकालेको छ ।