दोस्रो भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिता शुरुः ४ बिशिष्ट ब्यक्तित्वहरु सम्मानित

मध्यपुर थिमि, २९ भाद्र २०८१ः
रत्न काजि प्रजापति

थिमि डोजोको आयोजनामा दोस्रो भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिता शुरु भएको छ। २०५२ सालमा स्थापना भएको थिमि डोजोका संस्थापक अध्यक्ष स्वर्गिय प्रेम कृष्ण माक श्रेष्ठको स्मृतिमा प्रतियोगिता आजोजना गरिएको हो।

उक्त प्रतियोगिताको उदघाटन समारोहमा कराते क्षेत्रमा ४ अति बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ।

सम्मानित हुने ब्यक्तित्वहरुमा नेपाल कराते महासंघका उपाध्यक्ष तथा रेफ्री कमिसनका संयोजक प्रकाश मोहन धौभडेल, भक्तपुर सितेरियो कराते संघका अध्यक्ष राजन चित्रकार, मध्यपुर थिमि कराते संघका अध्यक्ष तथा भक्तपुर जिल्ला रेफ्री संघका सह संयोजक उमेश श्रेष्ठ र भक्तपुर मेन डोजोका प्रशिक्षक रामशरण त्वाती रहेका छन।

प्रकाश मोहन धौभडेललाई SOUTH ASIAN KARATE DO FEDERATION REFERE COMMISSION को सचिब पदमा चयन हुने भएकोमा, राजन चित्रकारलाई AKF KATA JUDGE- B उतिर्ण हुनुभएकोमा, उमेश श्रेष्ठलाई AKF KUMITE JUDGE परिक्षामा उतिर्ण हुनु भएकोमा साथै रामशरण त्वातीलाई AKF KUMITE JUDGE परिक्षा उतिर्ण हुनु भएकोमा सो सम्मान प्रदान गरिएको हो।

सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ एब बिशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय श्रेष्ठले संयुक्त रुपमा सम्मान गरेका थिए।

प्रतियोगितामा १६ क्लबका करिब ३०० खेलाडी सहभागि भएका छन भने प्रतियोगिता आजै समापन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!