प्रेमकृष्ण माक श्रेष्ठ स्मृति दोश्रो भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिता २०८१ सम्पन्नः आयोजक थिमि डोजो ८ स्वर्ण सहित टीम प्रथम

भक्तपुर मेन डोजो ५ स्वर्ण सहित द्वितिय र नगदेश डोजो २ स्वर्ण सहित तृतिय

मध्यपुर थिमि, भाद्र २९, २०८१ः
रत्न काजि प्रजापति

नेपाल सितोरियो कराते डो थिमि शाखा डोजोद्वारा आयोजित प्रेमकृष्ण माक श्रेष्ठ स्मृति दोश्रो भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिता २०८१ मा आयोजक थिमि डोजो ८ स्वर्ण, ५ रजत र ८ कास्य पदक सहित प्रथम हुन सफल भएको छ। मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ्को प्रमुख आतिथ्यता तथा उपप्रमुख बिजय श्रेष्ठ्को बिशेष आतिथ्यतामा सम्पन्न भएको उक्त प्रतियिगितामा भक्तपुर मेन डोजो ५ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित द्वितिय तथा नगदेश डोजो २ स्वर्ण, ४ रजत र ४ कास्य पदक सहित तृतिय भएको छ।

प्रतियोगोताको उत्कृष्ट पुरुष खेलाडीको उपाधि थिमि डोजोका अनिस श्रीबास्तबले हात पारे भने उत्कृष्ट महिला खेलाडीको उपाधि भक्तपुर मेन डोजोका करिष्मा तामाङ्ग ले चुमिन। उदयमान खेलाडीको उपाधि झौखेल डोजोका जेनिश सुलुले हात पारे भने उत्कृष्ट टिमको रुपमा थिमि डोजोले बाजी मारे।

पुरुष एकल काता तर्फ साहाश तामाङ्ग (भनपा) प्रथम, युशेन उप्रेती (दधिकोट डोजो) द्वितिय, अमन बिक (थिमि डोजो) तृतिय तथा सम्राट तामाङ्ग (नगदेश डोजो) ्चौथो हुन सफल भए।

महिला काटा तर्फ श्रेया रंजितकार (थिमि डोजो) प्रथम, युनेन उप्रेती (दधिकोट डोजो) द्वितिय, बर्षा श्रेष्ठ (बिनायक शिक्षा निकेतन) तृतिय तथा मिस्ती श्रेष्ठ (नगदेश डोजो) चौथो बन्न सफल भए।

प्रतियोगिताको पुरुष खुल्ला तर्फ सुर्य सांघ (भनपा) प्रथम, समिपे गौतम (नगदेश डोजो) द्वितिय, प्रेसन श्रेष्ठ (थिमि डोजो) तृतिय तथा सिदार्थ श्रेष्ठ (थिमि डोजो) चतुर्थ भए भने महिला खुल्ला तर्फ श्रेया रंजितकार (थिमि डोजो) प्रथम तथा शृजा जोशी (नगदेश डोजो) द्वितिय बन्न सफल भए।

प्रतियोगोताको पुरुष २५ किलो तौल समुह तर्फ बिष्णु थापा नगदेश डोजो प्रथम, बिश्वदिप थापा श्री संजय शाही दोश्रो, युशेन उप्रेती दधिकोट डोजो र साहास तामाङ्ग भनपा तेश्रो भए। ३० किलो तौल समुह तर्फ रोजित कासुला भक्तपुर मेन डोजो प्रथम, अजय तामाङ्ग थिमि डोजो दोश्रो, एलेक्स तामाङ्ग निलबाराही डोजो र जेनिश राई नगदेश डोजो तेश्रो भए। ३५ किलो तौल समुह तर्फ जेनिश सुल झौखेल डोजो प्रथम, आयुश तामाङ्ग भक्तपुर मेन डोजो दोश्रो तथा आयुश तामाङ्ग थिमि डोजो र बिपुल त्वायना भनपा तेश्रो भए।

पुरुष ४० किलो तौल समुह तर्फ सुमन सुबेदि भक्तपुर मेन डोजो प्रथम, उदेश अवाल भनपा दोश्रो तथा युसान राई थिमि डोजो र निशान मगरान्ती एडभान्स डोजो तेश्रो भए। ४५ किलो तौल समुह तर्फ अनमोल श्रीबास्तब थिमि डोजो प्रथम, राज शाही थिमि डोजो दोश्रो तथा नबराज खडका दधिकोट डोजो र साहिल धाण्डो झौखेल डोजो तेश्रो भए।

पुरुष ५० किलो तौल समुह तर्फ आनिश श्रीबास्तब थिमि डोजो प्रथम, प्रबिण हमाल भक्तपुर मेन डोजो दोश्रो तथा मनिराज मगर एडभान्स डोजो र अनिल घर्तीमगर बिध्या आर्जन डोजो तेश्रो हुन सफल भए। ५५ किलो तौल समुह तर्फ शुसिल तामाङ्ग थिमि डोजो प्रथम,चुबिन लामा भक्तपुर मेन डोजो दोश्रो तथा उज्ज्वल तामाङ्ग सिएलए डोजो र प्रितम राई थिमि डोजो तेश्रो हुन सफल भए।

पुरुष ६० किलो तौल समुह तर्फ अभिषेक लामा भक्तपुर मेन डोजो प्रथम, बिशाल तामाङ्ग थिमि डोजो द्वितिय तथा निशान्त मोक्तान थिमि डोजो रकेशब श्रेष्ठ एडभान्स डोजो तृतोय हुन सफल भए।

पुरुष ६७ किलो तर्फ प्रमथ श्रेष्ठ थिमि डोजो प्रथम तथा आयुष कपाली थिमि डोजो द्वितिय हुन सफल भएका छन।

महिला ३० किलो तौल समुह तर्फ करिष्मा तामाङ्ग भक्तपुर मेन डोजो प्रथम, सेहिका श्रेष्ठ दधिकोट डोजो द्वितिय तथा अनुस्का सुवाल झौखेल डोजो र रितिका सापकोटा थिमि डोजो तृतिय भए। ३५ किलो तौल समुहमा पुर्णिमा खत्री भक्तपुर मेन डोजो प्रथम, बर्षा श्रेष्ठ बिनायक शिक्षा निकेतन डोजो द्वितिय तथा प्रबिशा राई बिनायक शिक्षा निकेतन डोजो र अम्बिका तामाङ्ग नगदेश डोजो तृतिय भए। ४० किलो तर्फ सदिक्षा थापा मगर श्री संजय डोजो प्रथम, अस्मिता तामाङ्ग नगदेश डोजो दोश्रो तथा सारिका उप्रेती भनपा र करुणा लामा भक्तपुर मेन डोजो तृतिय हुन सफल भए।

महिला ४५ किलो तर्फ प्रतिभा मगर थिमि डोजो पहिलो, अस्मिता थापा नगदेश डोजो दोश्रो तथा हर्सिका श्रेष्ठ भक्तपुर मेन डोजो र मदिमा योन्जन गणेशस्थान डोजो तेश्रो भए। ५० किलो तर्फ मिस्ती श्रेष्ठ नगदेश डोजो प्रथम, युनेन उप्रेती दधिकोट डोजो द्वितिय तथा नमुना खड्का दधिकोट डोजो र प्रश्ना राई झौखेल डोजो तेश्रो भए। ५५ किलो तर्फ सि्ता मगर थिमि डोजो प्रथम, स्वर्णिम ह्यौमिखा झौखेल डोजो द्वितिय भए। ६० किलो तौल समुह तर्फ कृतिका तज झौखेल डोजो प्रथम तथा प्राप्ती श्रेष्ठ थिमि डोजो द्वितिय हुन सफल भईन।

प्रतियोगितमा पदक प्राप्त गर्ने सम्पुर्ण खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपपालिका वडा न ४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा बिशेष अतिथि नेपाल सितोरियो कराते डोका अध्यक्ष तथा कराते महासंघका महासचिब दावा गुरुङ्ले संयुक्त रुपमा पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!