काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ, ३० भाद्र २०८१ः

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा भएको छ । परियारलाई संचार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको हो । परियारको ठाउँमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिव सरोज प्रसाद गुरागाईलाई पठाइएको छ ।

यस्तै पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम कृष्ण थापालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै सरुवा भएकाहरुमा अधिकाँशलाई केन्द्रबाट प्रदेशमा पठाइएको छ भने केहीलाई प्रदेशबाट केन्द्रमा ल्याइएको छ । कतिपयलाई एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गरिएको छ ।

गत विहिवार बसेको मन्त्रीपरिषद् बैठकले ४० जना सह सचिवहरुको सरुवा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!