मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस

काठमाडौं, ३० भाद्र २०८१ः

निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन्। आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ।

भेटमा प्रधानमन्त्री ओलीले आयोगको प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने बताए। उनले निर्वाचनलाई मितव्ययी रुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले गरिने पनि बताए।

स्थानीय तहमा हाल विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!