प्रधानन्यायाधीशमा राउत सिफारिस

काठमाडौँ , भाद्र ३१, २०८१ः

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस हुनुभएको छ ।

संवैधानिक परिषद्को आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै संवैधानिक परिषद्का सदस्यहरु प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहेको थियो ।

यसअघि संवैधानिक परिषद्को बैठक भदौ २८ गते शुक्रबार पनि बसेको थियो तर त्यस बैठकमा कुनै निर्णय भने हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!