मध्यपुर थिमि, असोज २, २०८१ः
बिश्व मै दुर्लभ मानिएको जिब्रो छेड्ने जात्रा मध्यपुर थिमिमा`सम्पन्न भएको छ।
मध्यपुर थिमि बालकुमारी निवासी बिरेन्द्रभक्त श्रेष्ठले स्थानिय दिगु भैरव मन्दिरको डवलीमा जिब्रो छेडेका हुन। जिब्रो छेडिसके पछि उनले चन्द्राकारको १७ वटा दीप सहितको करिब ४० किलो तौल भएको भ्ये बोकेर थिमिको लायकू, बालकुमारी मन्दिर, विष्णुबीरस्थान, सिद्धिकाली, सानोथिमि, पेप्सीकोला, गुह्रयेश्वरी मन्दिर हुँदै पशुपतिनाथ मन्दिर सम्मको पैदल यात्रा गरेका थिए।
पशुपति मन्दिरको परिक्रमा पश्चात उनि पुन नगर परिक्रमा गरी मध्यपुर थिमिको बालकुमारी मन्दिर पुगेर सियो निकालेका थिए।
तस्बिर : रत्न श्रेष्ठ / रासस, सुरेश श्रेष्ठ/ मध्यपुर संचार समाज
तस्बिरमा जात्रा




