शंखधर साकोसको १७ औं वार्षिक साधारण सभाः बिभिन्न ब्यक्तित्वहरु सम्मानित

मध्यपुर थिमि, ५ असोज २०८१ः
रत्न काजि प्रजापति

शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ।

बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त साधारणसभामा बिभिन्न ब्यक्तित्वहरु सम्मानित भएका छन।

उक्त सभामा ज्येष्ठ सदस्य सम्मानबाट पुरुष तर्फ मथिनपा वडा न ४ मरुटोल निवासी माईला कायष्ठ र महिला तर्फ मथिनपा वडा न ४ निवासी कृष्ण लक्ष्मी जगुलु श्रेष्ठ सम्मानित भएका छन। त्यसैगरी उत्कृष्ट कारोबार गरेर भिमा योङ्घहाङ्गले चादिको सि्क्का भएको मायाको चिन्ह प्राप्त गरिन भने चेस खेलाडी रबि श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो।

संस्थाले गत आर्थिक बर्ष भित्र गरेका बिभिन्न कार्यक्रममा सहयोग पुर्याउनु हुने संघ संस्था तथा ब्यक्तित्वहरुलाई कदर पत्र प्रदान गरिएको थियो।

क्यालेण्डर प्रकाशनका लागि पुरानो नोटको फोटोको सहयोगी श्री नेपाल मुद्रा संकलक संघका केन्द्रिय अध्यक्ष दिनेशराज मास्के, ड्रायगन फल तथा मोति खेति सम्बन्धी तालिमका प्रशिक्षक श्री बलराम प्रजापति, शंकास्पद नोट पहिचान अन्तरक्रिया कार्यक्रमका सहजकर्ता श्री श्याम खतिवडा , बृहत आँखा शिविरका प्राविधिक सहयोगी सिटी आई केयर सेन्टर ,रक्तदान कार्यक्रमका प्राविधिक सहयोगी संस्था नेपाल रेडक्रस सोसाइटी, वर्तमान अवस्थामा सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहजकर्ता कुमार खत्री , ऋण असुलिका लागि कानुनी प्रकृया सम्बन्धी अभिमुखिकरणका प्रशिक्षक श्री हरिराम लवजु तथा पाठेघर जांच तथा प्रशिक्षण शिबिरका संयोजक स्त्री रोग विशेषज्ञ डा. रविना प्रधानाङ्गलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री थापाले कदरपत्र प्रदान गर्नु भएको थियो।

साधारणसभा संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!