मध्यपुर थिमि, ५ असोज २०८१ः
रत्न काजि प्रजापति
शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ। बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको थियो।
मध्यपुर थिमि क्षेत्रकै उत्कृष्ट समुदायमा आधारित सहकारी बन्न सफल शंखधर साकोसले आफ्नो स्थापना देखि नै संस्थाको सामाजिक उतरदायित्व अन्तर्गत बिभिन्न गतिबिधिहरु गर्दै आईरहेको छ।

सोहि क्रममा संस्थाले आफ्नो १७ औ वार्षिक साधारण सभामा मध्यपुर क्षेत्रका सामुदायिक बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेको छ भने एसईईमा उत्कृष्ट नतिजा ल्याउने २ बिद्यार्थीलाई सम्मान गरेको छ।

छात्रबृति प्राप्त गर्नेहरुमा बालप्रेमी मा. बि. सुगाटोलका सुजन मोक्तान (कक्षा-१०) , आदर्श मा. बि. मध्यपुर थिमि–४ लायकुका सोनु श्रेष्ठ (कक्षा-१०), गणेश मा. बि. मध्यपुर थिमि ७ नगदेशका सन्देश के. सी. (कक्षा १०) र जनक सिद्धिकाली मा. बि. मध्यपुर थिमि–६ का समृति तामाङ्ग (कक्षा १०) रहेका छन।
त्यसैगरी सदस्यका सन्तानहरु मध्येबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने २ बिद्यार्थी सम्मानित भएका छन।
सम्मानित हुनेहरुमा छात्र तर्फ संस्थाका सदस्य साइला श्रेष्ठ तथा पविता श्रेष्ठका छोरा सम्यक श्रेष्ठ (विनायक सेकेण्डरी स्कूल जि.पि.ए. ३.९० A+) र छात्रा तर्फ संस्थाका सदस्य चन्द्रमान श्रेष्ठका सुपुत्री श्रीजिका श्रेष्ठ नवरत्न इङ्गलिस स्कूल (जि.पि.ए. ३.९६ A+ ) रहेका छन।
उहाहरुलाई प्रमुख अतिथि स्वास्थ्य मन्त्री थापाले सम्मानित गर्नु भएको थियो। साधारणसभा संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।