त्रिविमा २०५८ र २०६९ को सीमा कटेकालाई मौका परीक्षा

काठमाडौं, ८ असोज २०८१ः

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो।

समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!