सुनको मूल्य निरन्तर उकालोमा, तोलाको १ लाख ६१ हजार नाघ्यो

काठमाडौं, ११ असोज २०८१ः

सुनको मूल्यमा निरन्तर वृद्धि भैरहेको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो। यस अघि बिहीबार सुनको मूल्य १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो। आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!