दुई महिनामा कति रुपैयाँको भयो त प्याज आयात?

काठमाडौं, ११ असोज २०८१ः

चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २ करोड ९९ लाख ५६ हजार रुपैयाँको प्याज आयात गरिएको छ। गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २८७.४३ प्रतिशतले बढी प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ।

तथ्याङ्क अनुसार दुई महिनामा १ लाख ६ हजार ४३३ किलो प्याज आयात गरिएको हो। गत आर्थिक वर्ष साउन र भदौमा ७७ लाख ३२ हजार रुपैयाँ बराबरको ५० हजार ५२७ किलो प्याज आयात गरेको थियो।

नेपालमा चीन र भारतबाट सुकेको प्याज आयात हुने गरेको विभागको तथ्याङ्क छ। भारतबाट १ करोड ५१ लाख २६ हजार र चीनबाट १ करोड ४८ लाख ३० हजार रुपैयाँको प्याज आयात गरिएको छ।

गत आर्थिक वर्षभर ९ करोड रुपैयाँको ५ लाख ९३ हजार ५७६ किलो प्याज आयात भएको थियो। सबैभन्दा बढी भारतबाट ५ करोड ५८ लाख ७२ हजार रुपैयाँको र चीनबाट ३ करोड ४१ लाख ४८ हजार रुपैयाँको प्याज आयात गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!