बिजु ब्रिडर्सको कब ५०० ब्रोइलर प्यारेन्ट चल्लाको नया मुल्य निर्धारण : प्रति गोटा रु ४७५/- मात्र

काठमाडौं, ११ असोज २०८१ः

बिजु ब्रिडर्स प्रा लि.ले कब ५०० प्यारेन्ट चल्लाको नया मुल्य निर्धारण गरेको छ। ब्रिडर्सले निर्धारण गरेको नया मुल्य अनुसार अब प्रति गोटा कब ५०० प्यारेन्ट चल्लाको मुल्य रु ४७५/- मात्र पर्नेछ।

बिजु ब्रिडर्स प्रा लि.ले जारी गरेको सुचना अनुसार नेपालीहरुको महत्वपूर्ण चाडहरु दसैँ, तिहार एवं छठ पर्वको अबसरमा प्यारेन्ट चल्लाको मुल्यमा बिशेष छुट दिएको हो। यो छुट योजना मिति २०८१ असोज १५ देखि मंसिर ३० सम्म लागु रहने छ।

बिजु ब्रिडर्स प्रा लि.का टेक्नो कमर्शियल म्यानेजर डा. भुपेन्द्र खनियाका अनुसार हाल नेपाली ह्याचरी उद्यमीहरुले भोग्नु परेका समस्याहरुलाई केहि हदसम्म राहत प्रदान गर्ने उद्देश्यले मुल्य समायोजन गरेको र यसबाट उद्यमीहरुले कम लागतमा चल्ला रिप्लेस गर्न सकिने बिश्वास ब्यक्त गर्नु भयो।

बर्तमान बजारको अबस्थालाई मध्यनजर गरी बजारलाई प्रतिस्पर्धात्मक बनाउनको लागि पनि मुल्य घटाएको डा. खनियाले बताए। उहाले यो मुल्य समायोजनले हाल नेपालमा हुने गरेको प्यारेन्ट चल्लाको आयातलाई कम गर्नुका साथै आयात निरुत्साहन गर्नमा सहयोगी सिद्द हुने बिश्वास ब्यक्त गर्नुभयो।

बिजु ब्रिडर्स प्रा लि.का ब्यबस्थापक संजिब खनालले बिजुले आफुले उत्पादन गर्ने चल्लाको गुणस्तरलाई सधै पहिलो प्राथमिकतामा राखेको बताउनु भयो। उहाले आफुहरु स्वयमले पनि ठुलो संख्यामा प्यारेन्ट पालन गरिरहेको भन्दै बिजु ब्रिडर्सको चल्लाको गुणस्तरमा ढुक्क रहन उद्यमीहरूलाई आग्रह गर्नु भयो।

ब्यबस्थापक खनालले प्यारेन्ट चल्लाको यो नया मुल्य निर्धारणले कुखुरा पालन व्यवसायमा संलग्न ह्याचरी उद्यमीहरूलाई ठूलो राहत पुर्‍याउने विश्वास ब्यक्त गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!