प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरु प्रभावित

काठमाडौँ , ११ असोज २०८१ः

प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएको हो ।

लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि माउन्टेन फ्लाइटहरु रद्द भएका छन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । उडानहरू सुचारु नहुँदा विमानस्थलमा यात्रुहरूको भिड बढेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिनभर झरी पर्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!