जनतासंग कान्तिपुरः २० लाख रुपैँया बराबरको पशु औषधी सहयोग

काठमाडौं, १४ असोज २०८१ः

हालैको अबिरल बर्षा, बाढी, पहिरो र डुबानका कारण घाईते तथा समस्यामा परेका पशुपंक्षीहरुको तत्काल उपचारको लागि कान्तिपुर भेट समुहले करिब रु बीस लाख बराबरको निःशुल्क औषधि उपलब्ध गर्ने भएको छ।

नेपाल सरकारका सम्बन्धित निकायहरुका साथै सरोकारवाला संस्थाहरु नेपाल भेटेरिनरी एसोसियसन (एनभिए), नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक्स एसोसियसन (नेभला) र नेपाल लाइभस्टक सर्भिस टेक्निसियन्स एसोसियसन (नेल्टा) संगको समन्वयमा उपचारका लागि यी ‌औषधिहरु उपलब्ध हुने व्यवस्था मिलाइएको समुहका निर्देशक अनिश बडालले जानकारी दिनुभयो।

कान्तिपुर भेट समुहका निर्देशक अनिश बडालले समुहको सामाजिक उतरदायित्व अन्तर्गत निःशुल्क औषधि उपलब्ध गराएको बताए। आफुहरुको यो पहलले घाइते पशुपंछीहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने र पशुधनी किसानहरुलाई समेत राहत पुग्ने बिश्वास समुहले गरेको छ।

यहि असोज १० गते देखि १२ गतेसम्मको प्राकृतिक प्रकोपका कारण काठमाडौं उपत्यका लगायत काभ्रे, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, ईलाम, महोत्तरी, सप्तरी लगायतका बिभिन्न जिल्लाहरुमा जनधनको निक्कै ठुलो क्षति हुनुका साथै थुप्रै मात्राका पशुपंक्षीहरु पनि समस्यामा परेका थिए।

सो दुखद घटना प्रति दुख ब्यक्त गर्दै कान्तिपुर भेट समुहले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

सो सम्बन्धि अधिक जानकारी र औषधिका लागि समूहका अमित कुमार झा-९८०२००१२११, नरेन्द्र थापा-९८०२००१२१४, विवेक खड्का-९८०२००१२०९, गोकुल बिसुराल-९८०२००१२४४, तथा विनय ढकाल- ९८०२००१२२१ लाई सम्पर्क राख्नु भई आफ्ना पशुधनको तत्काल उपचार गराउन समेत समुहले अनुरोध गरेको छ ।

कान्तिपुर भेट समुह पशु औषधी तथा पशु उद्योगको क्षेत्रका कार्यरत अग्रणी संस्थाको रुपमा परिचित रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!