भक्तपुरको पलासेमा पहिरोमा परेर ३ जनाको मृत्यु

भक्तपुर, १२ असोज २०८१ः

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका तीन जना पहिरोमा पुरिएका हुन् ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाही रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!