डुबानमा भक्तपुरः अहिले सम्म ५ जना बेपत्ता

भक्तपुर, १२ असोज २०८१ः

अविरल वर्षाले गर्दा भक्तपुरका अधिकांश भाग डुबानमा परेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका छन। उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको अधिकारीले बताए।

मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ। घट्टेखोलाले पुल नै भत्काएको छ । भक्तपुरको सिद्दी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन्।

PC: Babu kaji shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!