केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्रालयमा बस्दै

काठमाडौं, असोज १२, २०८१ः

गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ। मन्त्रालयका अनुसार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो।

दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएका हुन्

मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन्। बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!