काठमाडौं, १२ असोज २०८१ः
काठमाडौं उपत्यकाका बागमती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। प्राय सबै खोला्को करिडोर सडक सतहसम्म पानी उक्लने अवस्था बनेको छ।

प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। ‘नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपदबाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ,’ उनले भने।
मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्बानुमान महाशाखाले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ।
PC: Babu kaji shrestha