आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं , १२ असोज २०८१ः

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सुचना जारी गरी २०८१/०६/१२ देखि २०८१/०६/१४ सम्मको मौसम पूर्वानुमानको बारेमा सुचित गरेको छ।

सुचना अनुसार आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ ।

कोशी, मधेश, बागमती, गण्डकी र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी,मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत संभावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!