बनस्थली ढुङ्गेधारा स्थित खोलामा मोटरसाइकल खस्दा चालक बेपत्ता

काठमाडौँ, ११ असोज २०८१ः

काठमाडौँ बनस्थली ढुङ्गेधारा नजिक खोलामा मोटरसाइकल खस्दा एक जना बेपत्ता भएका छन् ।

बुधबार कामपा १५ ढुङ्गेधारा नजिक रहेको अन्नपूर्ण चोक स्थित खोलामा बा प्र.–०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल खसेको र चालक वेपत्ता रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार सिन्धुपाल्चोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो । मोटरसाइकल निकालिएको भएपनि चालक अहिले सम्म फेला पार्न सकिएको छैन । चालकको खोजी कार्य जारी रहेको घिमिरेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!